नियम ४०
कबुलियत वन सुम्पने विशेष व्यवस्था
(१) नेपाल सरकारले गरिबीको रेखामुनी रहेका समुदायहरुको निमित्त कबुलियती वन सम्बन्धी आयोजना तयार पारी सो योजनाबाट लाभ पाउने व्यक्तिहरुलाई कबुलियत वन सुम्पन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कबुलियती वन सुम्पनु भन्दा अगाडि कबुलियती वन सम्बन्धी आयोजनाले सम्बन्धित समुदायलाई कार्य योजना तयार गर्न लगाई सो कार्य योजना स्वीकृतिको लागि मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सुम्पिएको कबुलियती वनमा रहेका वन पैदावारको उपयोग र संरक्षण कार्य योजनामा तोकिए बमोजिम नै हुनेछ ।